उद्योग वाणिज्य महासंघको निर्वाचन सुरू
काठमाडाैं | चैत २९, २०७९
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा बिहान १० बजेदेखि मतदान सुरू भएको हो। निर्वाचनमा १ हजार ९ सय ५३ मतदाता रहेका छन्।
महासंघको नयाँ नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । वरिष्ठ उपाध्यक्षसहित ६६ पदका लागि निर्वाचन हुन लागेको हो।
५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ,वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्।
महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको हो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

